सोल (एजेन्सी)
दक्षिण कोरियाको राजधानी सोलमा हजारौं महिला लुकाइएका क्यामराको मद्दतले लिने गरिएका अंतरंग तस्वीर तथा भिडियो फैलाउने कार्य विरद्ध सरकारले कडा कारवाही गर्नु पर्ने माग गर्दै सडकमा उत्रेका छन् । दक्षिण कोरियामा यसले विकराल रुप लिइसकेको र लगातार मानसिक दबाव झेल्नु परिरहेको महिलाहरुले बताएका छन् ।
महिलाको मात्र यस प्रदर्शनमा १८ हजार भन्दा बढी प्रदर्शनकारी सहभागी रहेको प्रहरीले बताएको छ । उनीहरुको जानकारी बिना अंतरंग तस्वीर तथा भिडियो बनाई अनलाइनमा भाइरल गरिरहेका पुरुषहरु विरुद्ध कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।
प्रतिक्रिया