काठमाडौं (नेस) । नेपाली कांग्रेसले आमरण अनसनमा रहेका डा. गोविन्द केसी, गंगामाया आधिकारीको माग पुरा गर्ने सम्बन्धमा र पछिल्लो समय सरकारले गरेको निषेधित क्षेत्र घोषणाका साथै महङ्गी विरुद्ध सडक र सदन दुवैमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
वुधवार बसेको काँग्रेस संसदीय दलको बैठकमा पनि यस विषयलाई गम्भिरताका साथ लिदै ससकारलाई सचेत गराएको छ । सरकारको पछिल्लो गतिविधिका बारेमा सदनमा शसक्त रुपमा प्रस्तुत हुदै आएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि वुधवार विरोध प्रदर्शन गर्दै माइतीघरमा निषेधित क्षेत्र तोडेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले जानकारी दिएअनुसार संसदीय दलको बैठकले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै उहाँको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस संसदीय दलले तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने निर्णय गरेको छ । प्रमुख सचेतक खाणका अनुसार उक्त टोलीमा प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेही, रंगमती शाही र प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ रहनु हुनेछ ।
कांग्रेस संसदीय दलको बैठकले आफ्नो छोरा कृष्ण अधिकारीको हत्यामा संलग्न अपराधीलाई कानूनी कारवाहीको माग राखी लामो समयदेखि काठमाडौं स्थित वीर अस्पतालमा अनसनमा रहनु भएकी गंगामाया अधिकारीको माग प्रति पनि एक्येबद्धता जनाउँदै उहाँको स्वास्थ्य अवस्था बुझ्न संसदीय दलको तर्फबाट तीन सदस्यीय संसदीय प्रतिनिधि टोली पठाउने निर्णय गरेको छ ।
उक्त टोलीमा प्रतिनिधि सभा सदस्य पार्वता डिसी चौधरी, डा. अमरेश कुमार सिंह र देवप्रसाद तिमिल्सिना रहनु भएको छ ।
शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा नेपाली कांग्रेस संसदीय दलको बैठकले निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन सरकारसंग माग गरेको छ । बैठकले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया