यस्ता पाँच कम्पनिले २ वर्षभित्रै तयार पार्दै छन धरहरा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
धरहरा निर्माणका लागि प्राविधिक छनौटमा परेका पाँच कम्पनीहरुको आर्थिक प्रस्ताव असार २६ गते खोलिने प्राधिकरणले सुचना जारी गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरको प्रारम्भिक छनौट नेपाली र चीनको ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश भएको ५ वटा कम्पनी छनोट भएका हुन् ।

जसले सबै भन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव गर्ने कम्पनीले ठेक्का दिने प्राधिकरणले जानाकारी गराएको छ । प्राधिकरणका अनुसार छनोट भएका कम्पनीहरुमा जेइक लामा जेभी, सिआर फाइभ सिइएस स्वच्छन्द जेभी, कुमार सिएफइसी जेभी, जीआईटिसी रमन जेभी, सीआइसीओ कालिका जेभी रहेका छन् ।

प्राधिकरणका अनुसार चिनियाँ कम्पनीहरुले नेपाली निर्माण व्यवसायीहरुसँग ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश गरेका हुन् । ४२ रोपनी जमिनमा निर्माण हुने धरहराको निर्माण ठेक्का लागेको मितिले २ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
४ अर्ब २७ करोड ९ भ्याट र १० प्रतिशत मूल्य वृद्धि शुल्क लागत सहित धरहराको नयाँ डिजाइन अनुसार निर्माण हुने बताईएकोे छ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ र अन्य बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्ने बताईएको छ । । ‘‘मै बनाउँछु मेरो धरहरा’’ अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकको छ ।

टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर सङ्ग्रहालयसमेत राखिने समेत डिजाइनमा उल्लेख छ भने धरहराको भित्री भागको १८ र १९ तलामा १७ जनासम्म अट्ने थिएटर राखिनेछ जसमा बसेर पर्यटकले धरहराको ऐतिहासिक पक्षबारे जानकारी लिन सक्नेछन् । धरहरा घुम्न आउनेका लागि केहीबेर सोही स्थानमा रमाउन सक्नेगरी आकर्षक फोहोरा सहितको बगैँचा, रेस्टुराँको पनि व्यवस्था गरिनेछ ।

एक पटकमा १० जना सम्म ओसार्न सक्ने क्षमता भएको २ वटा लिफ्टको व्यवस्था गरिने भएको छ । डिजाइन अनुसार धरहरा २४५ फिट अग्लो हुनेछ । बाहिरबाट हेर्दा विसं १९९० सालको भूकम्पमा भत्किनुअघिको जस्तै ११ तलाको देखिनेछ भने भित्री भागमा करिब २० तलासम्म जानेछ । धरहराको डिजाइन भने केज कन्सल्ट प्रालिले तयार गरेको हो ।