करेन्ट लागेर ४ को मृत्यु

0
Shares

डोटी (नेस) । डोटीको आदर्श गाउपालिकाका १ चासीमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान गुमाउने जयबहादुर खड्का, हरी खड्का, दिपु खड्का र विरेन्द्र खड्का रहेका छन् ।

गाउमा बिद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको बताईएको छ । करेन्ट लागेर घाईते भएका बमबहादुर खड्काको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।