१५ सय ७५ भारतीय तिर्थयात्री नेपालमा अलपत्र

0
Shares

काठमाडौं । १५ सय ७५ जना भारतीय तिर्थयात्री नेपालका विभिन्न ठाउँमा अलपत्र परेको भन्दै भारत सरकारले उद्दारका लागि नेपाली सेनासँग आग्रह गरेको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत यस्तो आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा अलपत्रको विवरण राखेर हटलाइन नम्बर पनि सार्वजनिक गरेकी छन् ।

बाढीपहिरोको जोखिममा हुम्लाको सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेको स्वराजले उल्लेख गरेकी छन् ।

अलपत्र परेका तीर्थयात्रीका लागि आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गरी सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्थामा प्रभावकारीत देखाउने उनले नेपालस्थित भारतीय दूतावासलाई निर्देशन दिएकी छन् ।

तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको जानकारीसहित स्वराजले नेपाली नम्बर समेत सार्वजनिक गरेकी छन् ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

Sushma Swaraj

@SushmaSwaraj

Pl RT
Pranav Ganesh First Secy +977-9851107006
Tashi Khampa +977-98511550077
Tarun Raheja +977 9851107021
Rajesh Jha +977 9818832398
Yogananda +977 9823672371 (Kannada)
Pindi Naresh +977 9808082292 (Telugu)
R Murugan +977 98085006 (Tamil)
Ranjith +977 9808500644 (Malayalam)