काठमाडौं । सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएका छन । भारतीय पक्षका कारण बर्षाै देखी समस्यामा पर्दै अाएका सुस्ताबासी नेपाल सरकारले समेत कुटनीतिक समाधान नखाेजेपछि बाँध भत्काएकाे बताएका छन । दुइ दिन देखी लगातार परेकाे पानीले जमिन डुबानमा परेपछि गण्डक नहरको बाँध भत्काएर उनिहरूले पानी निकास गराएका छन् ।
सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको बताइएकाे छ ।
अहीले करिब २ सय बिघा धान खेत डुबानमा परेको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानको विषयमा भारतीय पक्षसँग छलफल सुरु गरिएको जानकारी दिएका छन ।











प्रतिक्रिया