जर्मनी: वार्ता योजना

0
Shares

वर्लिन,(एजेन्सी)
जर्मनीका अर्थमन्त्री सिहोफरले चान्सलर एन्जेला मर्केलको आप्रवासी नीतिको विरोधमा पदबाट राजिनामा दिनु अघि उनीसंग अन्तिम प्रयास स्वरुप वार्ता गर्ने योजना बनाएका छन् ।

सिहोफर मर्केलको गठबन्धन सरकारका प्रमुख साझेदार बाभारियाको सोसियल युनियन ( सिएसयु ) का अध्यक्ष हुन् । उनले प्रहरीले बाभारियाका सिमानाबाट प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई लखेट्नु पर्ने बताएका छन् ।

तर मर्केल भने यस मामिलामा युरोपेली संघ ( इयु ) को व्यापक सम्झौतामा अडिग रहेकी छिन् । सिहोफरले मर्केलको क्रिस्चियन डेमोक्रेटसको साथ छोड्ने धेरै संभावना रहेको छ ।