सिरिया: सर्वसाधारण विस्थापित

0
Shares

दमास्कस,(एजेन्सी)
दुई साता अघि सिरियाली सरकारी फौजले लडाकुहरुको नियन्त्रणमा रहेका दुइवटा क्षेत्रमा भिषण आक्रमण गरेयता दक्षिण पश्चिमी सिरियाबाट कम्तिमा २ लाख ७० हजार मानिस घर छाडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

डेरा र कुनेट्रा प्रान्तबाट विस्थापित भएक मध्ये अधिकांश जोर्डन र इजरायली अधिनस्थ गोलान हाइटसंग जोडिएका सिमा क्षेत्र तर्फ भागेको सरकारी अधिकारीहरुले बताएका छन् । तर ति दुवै राष्ट्रले शरणार्थीहरुलाई कुनै पनि हालतमा प्रवेश नदिने बताइसकेका छन् । रुसी हवाई हमलाको आडमा सरकारी फौज अघि बढिरहेको छ ।