चीन: लेजरगन विकास

0
Shares

बेइजिङ (एजेन्सी)
चीनको एक कम्पनीले ‘लेजर एके–४७‘ विकास गरेको दावी गरेका छन् । उक्त लेजरगनले सेकेन्डको पनि सानो अंशमा करिब आधा माइल दुरीमा रहेका निसानालाई जलाइ नस्ट पार्न सक्ने बताइएको छ । तर विज्ञहरुले भने चीनको दावीमा संका गरिरहेका छन् ।

जेडकेजेडएम–५०० नाम दिइएको उक्त हतियारका विषयमा जानकारी दिँदै साउथ चाइना मर्निङ पोस्टले सामान्य राइफलको आकार र तौल बराबरको र सयौं प्रहार गर्न सक्षम रहेको उल्लेख गरेकोछ । प्रत्यक प्रहारले मानव छालालाई डढाउन सक्छ । तर उक्त हतियारको विशेषता बयान गरेको भएपनि प्रदर्शन भने गरिएको छैन ।