पर्खाल भत्किएर आएको पहिरोले घर पुरिँदा सुत्केरी सहित ३ जनाको मृत्यु

94
Shares

धनवीर दाहाल,रोल्पा ।
रोल्पामा घर पुरिँदा सुत्केरी सहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रोल्पाको रुन्टिगढी गाउँपालिका ५ सोइबाङमा बिहान ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा सुत्केरी सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा राजकुमारकी श्रीमती २२ वर्षिया कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षिया चित्राको घटनास्थलमै मृत्यु भएको हो ।

लगातार वर्षा भएपछि सुत्केरी सहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ ।

रुकुममा पनि ठाँउ ठाँउमा सडक अवरुद्ध
यसै गरी अविरल बर्षाका कारण रुकुमका बिभिन्न सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत मुसिकोट ३ को पिपलनेटामा पहिरो खस्दा एउटा मिनि ट्रकमा क्षति पुगेको छ ।

गुडीरहेको मिनि ट्रक माथीबाट पहिरो आएपछि क्षति भएको हो । तत्काल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोली पुगेर उद्धार गरिएको थियो । यस्तै मुसिकोट नगरपालिका १२ बैरागीठाँटी नजिकै राप्ती लोकमार्गको सडकमा पहिरो खसेको थियो ।

सो ठाँउमा पनि प्रहरीले पहिरो हटाई यातायात सुचारु गराएको प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । ग्रामिण सडकमा पनि पहिरोले क्षति पुर्याएको छ । मुसिकोटको गिल्बांग, सानभेरी ७ को सहरे लगायतका ठाँउमा पहिरो खसेको छ ।