प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।
प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।

प्रदेशको नाम भने तोकिएको छैन ।अब आगामी बैठकमा प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।