काठमाडौं (नेस)
राष्ट्रिय राजनीतिमा कमजोर भएको नेपाली काग्रेसले आन्तरीक रुपमा बलियो बन्ने क्रियाकलाप समेत अघि बढाउन सकेको छैन । नेतृत्वमा पुग्न शीर्ष नेताहरुले पार्टी संगठनलाई बलियो बनाउन यो गर्छु र त्यो गर्छु भनेर प्रतिवद्धता गर्ने गरेपनि आफुले गरेको प्रतिवद्धता पुरा गर्न ध्यान नदिने गरेको पाइन्छ ।
आन्तरीक रुपमा गुट उपगुटमा विभाजित काग्रेसभित्र सभापति देउवाले नेतृत्व दावी गर्दै १३औं महाधिवेशनमा गरेको थिंक ट्यांक बनाउने प्रतिवद्धता अझै पुरा भएको छैन । १४औं महाधिवेशन आउन अब एक वर्षमात्र बाकि हुदा समेत थिंक ट्यांक बनाउने मात्र हैन अन्य प्रतिवद्धताहरु समेत केहि पुरा भएन ।
सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेस पार्टीका बुद्धिजीवी तथा शुभेच्छुकहरूको विचारसमूह (थिंक ट्यांक) को अवधारणालाई संस्थागत गरी पार्टी नीति र राष्ट्रिय नीतिनिर्माणमा विचार समूहबाट आएको सुझावको उपयोग पूर्ण रूपमा गरिने भनि गरेको प्रतिवद्धता विर्सिसकेको भन्दै आलोचना हुन थालेको छ ।
पार्टी सुदृढिकरण गर्ने कुरामा देउवाले मूल्याङ्कन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिनेछ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै देश र देश बाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकहरूको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिनेछ र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिनेछ बताउनु भएको थियो । देउवाले यी कुनैपनि काम सभापतिमा निर्वाचत भएपछि हालसम्म पनि गर्नुभएको छैन ।
पार्टी कार्यकर्तालाई दिइने प्रशिक्षण नेताहरूको भाषण गर्ने थलो र औपचारिकतामा सीमित नराखिने भन्दै देउवाले व्यावसायिकता र समय सान्दर्भिक विषयवस्तु केन्द्रित प्रशिक्षण सामग्रीमा आधारित प्रशिक्षणलाई केन्द्रदेखि गाउँतहसम्म नियमित बनाइने प्रतिवद्धता पनि व्यक्त गनुृभएको थियो । यो प्रतिवद्धता पुरा गर्ने अभियानको थालनी समेत नगरेको देउवामाथि आरोप लागिरहेको छ ।











प्रतिक्रिया