नेपाल समाचारपत्र, नेपालगञ्ज ।
लगातारको वर्षाको कारण नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्जमा अवस्थित न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र वर्षाका कारण जलमग्न छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ । डुबानका कारण यातायात व्यवस्था अवरुद्ध भएको छ भने स्थानीयको जनजीवन कष्टकर बनेको प्रहरीले जानकारी दिएको छ ।
नेपालगन्जको यो समस्या अहिलेको मात्र नभएर वर्षेनी हुने समस्या हो । पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।
वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको बताइएको छ ।











प्रतिक्रिया