सर्वोच्चले गर्यो ३ जना न्ययाधीशको सरुवा

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।

उच्च अदालत जनकपुर राजविराज ईजलासका ३ जना न्यायाधीशको सरुवा गरेको छ।

सर्वोच्च अदालतले न्यायाधीश मोहनबहादुर कार्की, सल्लाहउद्धिन अख्तर सिद्धिकी र नसरुल्लाह अन्सारीको काज सरुवा गरेको राजविराज इजलाशका रजिष्ट्रार रोशनकुमार भट्टराईले वताए ।

कार्कीको जनकपुर उच्च अदालत, सिद्धिकीको सर्वोच्च अदालत र अन्सारीको दिपायल उच्च अदालतमा काज सरुवा भएको छ।

राजविराज उच्च अदालत बार एशोसिएसनको अगुवाईमा कानुन ब्यवसायीले सुरु गरेको आन्दोलनका कारण गत मंगलवारदेखि न्यायसेवा प्रभावित हुँदै आएको थियो।

वार र वेन्चका विचमा देखिएको समस्या समाधानका लागि गत शुक्रवार न्यायपरिषदका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रले कानुन ब्यवसायीसँग छलफल गरेका थिए ।

राजविराज उच्च उदालत वार एसोसिएसनका सविच विमलकुमार साहले अव आफुहरुका आंशिक माग पुरा भएकाले सोमवार वारको वैठक वसेर वहसमा भाग लिने/नलिने निर्णय गरिने वताए । कानुन ब्यवसायीले राय किताव र फैसला फरक पार्ने न्यायाधिसलाई कारवाही सहित सम्पुर्ण न्यायाधिसको सुरुवाको माग गरेका छन् ।