रुकुम (पश्चिम) मा बस दुर्घटना, १४ घाईते

0
Shares

धनवीर दाहाल÷रुकुम(पश्चिम) १८, असार रुकुम(पश्चिम) मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्ले तर्फ आउँदै गरेको ना ४ ख ६३२६ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ ।

प्रहरीका अनुसार घाईते मध्ये चार जनालाई बढि चोट लागेको छ । उनिहरु मध्यपनि चार जनालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

रेफर हुनेमा दाङ तुलसिपुर उपमहानगरपालिका ३ की १७ वर्षिया सृष्टी पुन, सल्यान त्रिवेणि गाउँपालिका ७ का २२ वर्षिय बिष्णु परियार, तुल्सीपुर उपमहानगरपालिका पाँचका वडा सदस्य समेत रहेका ३१ अजय बुढाथोकी र रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका ३ मैकाटका २५ वर्षिय करण बुढालाई रेफर गरिएको छ ।

घाईते मध्य केहिको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ भने केहि उपचार पछि घर फर्किसकेका छन् । बिहान करिब साढे दुई बजेको समयमा बस पल्टिएर खेतमा पुगेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

चालक निदाएका कारण बस दुर्घटना भएको यात्रुहरुले बताएको र चालकले पनि निदाएका कारण गाडि दुर्घटना भएको स्विकारेको बताईएको छ । चालक नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको डिएसपि खड्काको भनाई छ ।