क्यानडा: करसगं नडग्ने

0
Shares

टोरन्टो,(एजेन्सी)
क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिलन्डले स्टिल तथा एल्मुनियममा लगाइएको अमेरिकी कर सामु आफ्नो देश नझुक्ने चेतावनी दिएकी छन् ।

उनले देशका स्टिल र एलुमिनियम उद्योगलाई सघाउन क्यानडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि फ्रिलन्डको प्रतिक्रिया बाहिर आएको हो । यसअघि अमेरिकाले स्टिलमा २५ र एल्मुनियममा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि अमेरिकाका व्यापारिक साझेदारहरू आक्रोसित भएका थिए ।

यसको जवाफमा क्यानडाले अमेरिकी सामान लगाएको १६ दशमलव ६ अर्ब क्यानडियन डलर मूल्य बराबरको कर आगामी जुलाई १ तारिखदेखि कार्यान्वयनमा आउने जनाइएको छ ।