अमेरिका: सलमान सहमत

0
Shares

वासिङ्टन(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आग्रह अनुरुप साउदी अरेबियाका नरेश सलमान तेलको उत्पादन बढाउन सहमत भएको शनिबार जानकारी दिएका छन्।

अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा नाकावन्दि लगाउन लागेको अमेरिकाले हालै जानकारी गराएको थियो । अमेरिकी सरकारले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न विश्वका राष्ट्रहरुसंग आग्रह गरेको छ ।

तेल निर्यातकर्ता मुलुकहरूको संगठन ओपेकको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र साउदीले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको छ । साउदीले अब दैनिक थप २० लाख ब्यारेल तेल उत्पादन गर्ने बताइएको छ ।