भारत: भुकम्पको धक्का

0
Shares

नयाँदिल्ली (एजेन्सी)
भारतको राजधानी दिल्लीमा आइतबार अपरान्ह भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको केन्द्रबिन्दु हरियाणाको सोनीपतमा रहेको मौसम तथा भुगर्भ विभागले जनाएको छ । भुकम्पको तिब्रता ४ रिक्टर स्केल मापन गरिएको बताइएको छ ।

उक्त भुकम्पको धक्का उत्तर प्रदेशका केहि स्थानहरुमा पनि महसुस गरिएको छ । यद्यपी भुकम्पका कारण धनजन क्षतिको समाचार आएको छैन । भुकम्पको धक्का स्थानिय समय अपरान्ह साढे ३ बजेर ७ मिनेट जाँदा महसुस गरिएको हो । हरियाणा र उत्तर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको स्वतन्त्र वैज्ञानिक संस्था ईएमएससीले ट्विटरमा जानकारी दिएको छ ।