अफगानिस्तान: हिन्दु र सिख निसानामा

0
Shares

काबुल (एजेन्सी)
अफगानिस्तानका पुर्वी शहर जलालाबादमा सिख र हिन्दुलाई निसाना बनाइ गरिएको आत्मघाती हमलामा कम्तिमा १० जनाको मृत्यु भएको छ । नांगरहार प्रान्तका प्रहरी प्रमुखले उक्त घटनामा ५ जना घाइते भएको बताए । उनीहरु प्रान्तिय गभर्नरको कम्पाउन्ड भित्र गइरहेको बेला उक्त आक्रमण भएको थियो ।

उनीहरु उक्त प्रान्तको भ्रमणमा रहेका राष्टपति असरफ गानीसँग भेट्न गइरहेका थिए । अहिलेसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर त्यस क्षेत्रमा तालिबान र इस्लामिक स्टेट ब्यापक सक्रिय छन् । करिब १ हजारकाको संख्यामा रहेका अफगानिस्तानमा अल्पसंख्यक हिन्दु र सिख अत्याचार र भेदभावबाट पिडित रहेका छन् ।