बौद्ध–जोरपाटी राजमार्ग कि कालमार्ग ?

0
Shares

काठमाडौं । बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकको निर्माण कार्य थालिएको बर्षौ वितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन् । समयमा नै सडक निर्माण नहुँदा बौद्ध–सुन्दरीजल सडक धान रोप्ने खेत हो सडक हो सर्वसाधारणलाई छुटयाउन नै मुस्किल हुने गरेको छ ।

दैनिक रुपमा सडक निर्ण हुँदा सवारी साधन फस्ने र घण्टौ जाम हुने गरेको छ । सडक दायाँबायाँ हिड्न समेत यस सडकमा मुस्किल हुँदै आएको छ । स्थानीयले सडक निर्माण गर्नको लागि पटक–पटक सडक विभाग लगायत सरोकारवाला निकायको ध्यानकर्षण गराए पनि माग सम्बोधन हुन सकेको छैन् ।

सडक निर्माणको काम सुरु भएर पनि सम्पन्न गर्नतर्फ ठेकेदार कम्पनीले खासै चासो नदेखाएको भन्दै बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकको दुरावस्थाको विरुद्ध राजनीतिक दलका नेता सहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरु सडकमा ओर्लिएका छन् । नागरिक दबाब अभियानको नेतृत्वमा भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौ अघि देखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक भएको आरोप लगाएका छन् ।

आइतवार जोरपाटी चोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडक खण्ड राजमार्ग नभई काल मार्गमा परिणत भएको बताउनुभयो । सडक बनाउन अहिलेसम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको बताउदै उहाँले कही कतैबाट सुनुवाई नभएपछि नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको बताउनुभयो ।

अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौं शताब्दीमा पनि महानगरबासी नारकीय जीवन बिताउन बाध्य हुनु ठूलो बिडम्बना भएको बताउदै नागरिकको सहनशीलतालाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिनुभयो । सडक निर्माण नभएसम्म अब अभियानले दबाबमूलक कार्यक्रम संचालन गरिरहने भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विमल ठुकरीले सडककोे अवस्था सुर्धानका लागि निर्वाचित जनप्रतिनिधहिरुले ठोस काम गर्न नसकेको आरोप लगाउनुभयो ।

मानवअधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष समेत रहनु भएका अधिवक्ता होमकान्त चौलागाईले सडकको दुर्गतीका कारण आम मानिसको मौलिक अधिकार नै हनन भइरहेको बताउनुभयो ।

छाहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठले सडक सुधारका लागि राज्य उदासिन रहेको भन्दै जनताको समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।

सामाजिक अभियन्ता उद्धव रायमाझीले मूल सडकको स्तर उन्नति नभएसम्म अन्यत्र गरिने विकास अर्थहीन हुने बताउनुभयो । खुद«ा व्यापार संघका अध्यक्ष रमेश ढकालले जीर्ण सडकका कारण आफूहरुको रोजीरोटी खोसिने खतरा बढेको बताउनुभयो ।

 

यसैबीच सडक सुर्धान थालिएको नागरिक दबाब अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नवदुर्गा महिला समुह लगायतका संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।