नकआउट चरणको पहिलो खेलः अर्जेन्टिना फ्रान्स भिड्दै


काठमाडौं ।
रसियामा जारी फिफा विश्वकप अन्तर्गत नकआउट चरणको खेल अर्जेन्टिना र फ्रान्सबीच खेल सुरु भएको छ । रसियाको कजान रंगशालामा सुरु खेलमा दुबै टिमलाई रोचक रुपमा लिईएको छ ।

दुई पटकका विश्वकप विजेता अर्जे्न्टिना र फ्रान्सबीच कजान एरिनामा खेल हुनेछ । फ्रान्स समूह सी को समूह विजेता हो भने अर्जे्न्टिनाले समूह डी को उपविजेता बन्दै अन्तिम १६ मा भिडन्त पक्का गरेको हो ।