नेपाल समाचारपत्र, काठमाडौँ ।
माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका संयोजकसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।संयोजक उज्जवलथापा सहित ९ जनालाई नियन्त्रणमा लिइ वैद्यखानामा राखिएको प्रहरीले जनाएको छ ।
शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका उनीहरुले शान्तिपूर्ण तवरले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गर्यो, यो लोकतन्त्रमाथिको प्रहार भएको कार्यकर्ताहरुले प्रतिकृया दिएका छन् ।
उनीहरूले नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, अधिकारकै लागि लड्छु भन्ने अनि आफैं नागरिकको अधिकार खोस्नेलगायतका पम्प्लेट लिएर विरोध प्रदर्शन गरेका थिए।
सरकारले विरोध प्रदर्शनका लागि सरकारले तोकेको ७ ठाउँबाहेक अन्त त्यस्ता कार्य गरेमा कानूनी कारवाही गर्ने सरकारले चेतावनी दिँदै आएको छ।











प्रतिक्रिया