देशका केहि स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन सरकारको आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने सम्भावना पर्वल रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि शनिबार बिहान ६ बजे अर्को सूचना जारी गरेर सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन भनेको छ ।

हेर्नुहोस जारी गरिएको सुचना