पाकिस्तानः इमरान भाइरल

0
Shares

इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको तहरिक–ए–इन्साफका प्रमुख इमरान खान र उनकी पत्नी बुसरा बीबीको एक दरगाहको ढोका अगाडी टाउको टेकको भिडियो विवादास्पद बनेको छ । दरगाह गएको बेलाको उक्त भिडियो अरु कसैले बनाएको र अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोलाई लिएर विरोधीले धार्मिक रुपमा गलत बताइरहेका छन् ।

तर उनका पार्टीका समर्थकहरु यसको समर्थन गरिरहेका छन् । इमरान खानमाथि भइरहेको आलोचनाको जवाफमा एक प्रयोगकर्ताले पीपीपी नेता बिलावल भुट्टो जरदारीले कुनै हिन्दु देवतालाई पानी छर्किरहेको तस्वीर सेयर गरेका छन् ।