नाइजेरिया: टैंकर आगलागि

0
Shares

अवुजा,(एजेनसी)
नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा एउटा पेट्रोल टैंकरमा आगलागि हुँदा कमितमा नौजना मानिसको ज्यान गएको सरकारी अधिकारीहरुले शुक्रवार बताएका छन् ।

व्यस्त राजमार्गमा ट्रक नियन्त्रण भन्दा बाहिर गएर पेट्रोल पोखिएपछि पाँचवटा बस लगायत अन्य ५० वटा भन्दा बढि सवारी साधनमा आगलागि भएको थियो । ब्रेकफेल भएको कारण टैकर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

इन्धन विस्फोटन हुनु नाइजेरियामा सामान्य घटना हो । थोत्रा सवारी साधनमा खराव बाटोबाट पेट्रोल ढुवानी गर्ने गरिन्छ ।