दुर्घटनामा ७ को मृत्यु

0
Shares

बुद्धवीर बाहिङ, सोलुखुम्बु
सोलुखुम्बुको सोलु दूधकुण्ड गाउंपालिका – ११ तिङ्ला महादेव भीरमा बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नेचा सल्यानबाट सदरमुकाम सल्लेरी जाँदै गरेको को १ज १८६० नम्बरको बोलेरो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुर शिरीषे–८ का बोलेरो चालक कुसाङ तामाङ, सिराहका शिवकुमार यादव, गाडी धनी ओखलढुंगा माम्खाका श्यामकुमार राई, खोटाङ खाल्लेका कोपिला बस्नेत कार्की, सोलुखुम्बु नेचासल्यान–२ का उर्मिला बास्तोला र सोही वडाकी सुशीला खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेचासल्यान–२ का ७ वर्षीया बालिका सुष्मा खड्काको उपचारका क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

चालकसहित ७ जना सवार रहेको बोलेरो बिहान साढे ७ बजे दुर्घटना भएको प्रहरी निरीक्षक अधिकारले बताउनुभयो । सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट बोलेरो करिब १ हजार मिटर तल खसेको प्रहरीले बताएको छ ।