काठमाडौं, (नेस)
नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौँ बैठक शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै दिल्लीमा ईपीजीको आठाँै बैठक बसेको थियो । दुई दिनसम्म चल्ने बैठकले हालसम्म भएका बैठकको प्रगतिलाई प्रतिवेदनको रुप दिई सरकारलाई बुझाउने निर्णय गर्ने बताइएको छ ।
हालसम्मका बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाली समूहका संयोजक डा भेषबहादुर थापा, डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय हुनुहुन्छ । त्यस्तै, भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागी हुनुहुन्छ ।











प्रतिक्रिया