एसइईमा उत्तीर्ण राससकर्मीका सन्तति सम्मानित

0
Shares

काठमाडौँ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय समाचार समिति शाखाले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा– कक्षा १० ९एसइई०मा उत्तीर्ण हुने रासस कर्मचारीका सन्ततिलाई आज सम्मान गरेको छ ।

महासंघद्वारा आज यहाँ आयोजित कार्यक्रममा सम्मातिन हुनेमा रासस प्रशासन उपप्रमुख उत्तम सिलवालकी छोरी समृद्धि, कार्यकारी सम्पादक एकराज पाठककी छोरी सिद्धिका, वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपालका छोरा विद्वत्, उपसमाचारदाता रत्नकृष्ण श्रेष्ठका छोरा एलिस तथा रासस केन्द्रीय कार्यालय भवन निर्माण व्यवसायी उदय तिवारीकी छोरी उन्नति छन् । कार्यक्रममा गत जेठ ९ गतेसगरमाथाको सफल आरोहण गर्नुभएका अंग्रेजी समाचार सम्पादक रोशा बस्नेतलाई पनि सम्मान गरियो ।

सम्मानित हुनेलाई राससका अध्यक्ष हरिहर अधिकारी ९श्यामल०, महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, बोर्ड सदस्यद्वय डिल्लीराम भट्टराई र एकराज पाठक, महासंघ राससका अध्यक्ष नारायणप्रसाद घिमिरेलगायतले खादा, कापी, कलम र सम्मानपत्र प्रदान ग¥यो ।

कार्यक्रममा अध्यक्ष श्यामलले समाज निर्माणका लागि हरेक क्षेत्रमा विशेषज्ञको आवश्यक हुने बताउँदै जुनसुकै विषय लिएर अध्ययन गरे तापनि त्यसमा सफलता हासिल गर्नु महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

राससका महाप्रबन्धक शर्माले विद्यार्थीका लागि एसइईपछिको समय महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । रासस महासंघका अध्यक्ष घिमिरेले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा समृद्धि, सिद्धिका र उन्नतिले एसइई उत्तीर्ण विद्यार्थीले आगामी दिनमा आफूहरुलाई जे विषयमा अध्ययन गर्न मन लागेको छ त्यही विषयमा अध्ययन गर्नुपर्नेमा जोड दिँदै अध्ययन क्रममा अभिभावकले आफ्ना सन्ततिको लब्धाङ्कभन्दा ज्ञानलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा दहीचिउरा खाएर असार १५ पनि मनाइएको थियो ।
रासस