बोलेरो दुर्घटनामा एक बालिका सहित ७ जनाको मृत्यु

0
Shares

बुद्धवीर बाहिङ, सोलुखुम्बु, सोलुखुम्बुको सोलुदुधकुण्ड वडा नं. ११ तिङ्ला महादेव भिरमा बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नेचासल्यानबाट सदरमुकाम सल्लेरी जादै गरेको को १ ज १८६० नम्बरको बोलेरो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुर जिल्ला शिरिसे ८ का बोलेरो चालक २१ वर्षिय कुसाङ तामाङ, सिराहका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा माम्खाका श्यामकुमार राई, गाडी धनी, खोटाङ खाल्लेका २४ वर्षिया कोपिला बस्नेत कार्की, सोलुखुम्बु नेचासल्यान २ का ३५ वर्षिया उर्मिला वास्तोला र सोही वडाकी २५ वर्षिया शुसिला खड्काको घटना स्थलमै मृत्यु भएको अधिकारीले बताए ।
दुर्घटनामा घम्भिर घाईते भएका नेचासल्यान २ का अन्दाजी ७ वर्षिया बालिका सुस्मा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।
चालक सहित ७ जना सवार रहेको बोलेरो विहान साँढे ७ बजे दुर्घटना भएको प्रहरी नीरिक्षक अधिकारले बताए ।
सोलुदुधकुण्ड नगरपालिकाको वडा ११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट बोलेरो करिब १ हजार मिटर तल खसेको नीरिक्षक अधिकारीले बताए ।