नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।
धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
उपचाररत १ जनाको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुलेको छैन ।











प्रतिक्रिया