हुक्का र नकचरो युवती


पृथ्वी राजमार्ग अहिले विभिन्न कारणले चर्चामा रहने गरेको छ। कहिले दुर्घटना कहिले पहिरो कहिले मान्छेलाई सवारीले ठक्कर दिएर मार्ने कारण चर्चामा रहने गरेको छ। बिहीबार धरहराले आफ्नो दुरविन पृथ्वी राजमार्गको सिम्ले नजिकैको एउटा रेस्टुरेन्टमा तेस्र्याएको थियो। एक अर्धनग्न युवती बसबाट ओर्लिएपछि त्यहाँको माहौल एकाएक तातिएको थियो।

ती युवतीको हिडाइ र उसले लगाएको कपडामाथि सबैको आँखा परेको थियो। ती युवतीले के गर्छिन् के खान्छिन् सबैको चासोको विषय बनेको थियो। ती भर्खरकी युवतीले लेडिज पर्सबाट इलेक्ट्रोनिक हुक्का निकालेर फुइँफुइँ तान्न थालेपछि उनी भएतिर युवाको एकाएक भीड बढ्दा माहौल के हुने भो भनेर धरहरा चिहाइरहेको थियो।

युवाहरू ती युवतीको नजिकनजिक जान थालेपछि रेस्टुरेन्टभित्र रहेका प्रहरी दाइ नै बाहिर निस्केर युवती भएतिर अगाडि बढेपछि युवाहरू पनि लाखापाखा लागे भने युवती हुक्का पर्समा हालेर कुलेलम ठोकेको दृष्यले धरहरालाई युवतीको नकचरो पनलाई कुन्नी केको उपमा दिने तयारी गरेको थियो।