सर्जिकल स्ट्राइकको भिडियो सार्वजनिक

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
पाकिस्तान प्रशासित काश्मिरमा सन् २०१६ मा गरिएको सर्जिकल स्ट्राइकको दुई वर्षपछि भारतीय सेनाले एक भिडियो सार्वजनिक गरेको छ। ८ मिनेटको उक्त भिडियोमा भारतीय सेनाका कमान्डोले कट्टरपन्थीहरूको लन्चप्याड ध्वस्त पारेको देखिएका छन्।

सेनाको कारबाहीका क्रममा उनीहरूको हेलमेटमा जडित क्यामरा र आकाशमा मन्डराइरहेको ड्रोन क्यामराको मद्दतले ती सम्पूर्ण कारबाही रिकर्ड गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ। टेलिभिजन च्यानलहरूले उक्त भिडियो आधिकारिक सूत्रबाट प्राप्त भएको दाबी गरेका छन्।

सर्जिकल स्ट्राइकका इन्चार्ज रहेका लेप्mिटनेन्ट जनरल डी एस हुडा (अवकाश प्राप्त)ले भने– यो भिडियो सक्कली हो। म यो कुराको पुष्टि गर्छु।

सर्जिकल स्ट्राइकका क्रममा यो भिडियो उधपुरस्थित हेडक्वार्टरको अपरेसन कक्षमा प्रत्यक्ष प्रसारण गरिएको बताइएको थियो। लेफ्टिनेन्ट जनरल डी एस हुडँलो भने– ‘सर्जिकल स्ट्राइक भएको हो , यो भिडियोलाई त्यसको प्रमाणका रूपमा पेश गर्नुपर्छ भन्ने मेरो धारणा हो। भिडियोबाहिर आएको राम्रो भयो।