विशाल छुद्र ग्रह

0
Shares

लन्डन, (एजेन्सी)
पृथ्वीको अत्यन्त नजिक आइरहेको एउटा विशाल छुद्रग्रह नांगो आँखाले देख्न सकिने खगोलशास्त्रीहरूले बताएका छन्। ४ भेस्टा नामले चिनिने उक्त अन्तरिक्ष चट्टान बेलायतभन्दा चार गुणा आकारमा ठुलो रहेको र १० करोड माइल टाढा अत्यन्त चहकिलो देखिनेछ। यो पृथ्वीको दुवै गोलाद्र्धबाट राति मंगलग्रह, शनि र सेगिटेरियस तारामण्डलनजिकै देख्न सकिने बताइएको छ।३ सय २६ माइल ब्यास, डाइनोसर लुप्त बनाएको उल्कापिण्डको तुलनामा ५० गुणा फराकिलो उक्त छुद्रग्रह जुलाइ १६ सम्म राति आकाशमा देख्न सकिनेछ। सन् १८०७ मा पत्ता लगाइएको भेस्टाको नाम रोमन देवताबाट लिइएको हो।