सुनकाण्डमा मुछिएका दारुका पक्राउपछि वीरगन्जमा खैलाबैला

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा वीरगन्जका सुन ब्यापारी पक्राउ परेपछि अहिले वीरगन्जका क्षेत्रका सुन ब्यापारीहरुमा खैलाबैला मच्चिएको छ ।

हेर्दा सामान्य देखिने दारुका समेत सुन तस्करीमा मुछिएपछि ब्यावसायी सहित सर्वसाधारण समेत आश्चार्यमा परेका हुन् ।

पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएपछि झनै स्थानीय दंग परेका छन्। दारुकाले यस्तो गरेको भन्ने खबर सुन्दा आफू तीन छक परेको वीरगन्जका सुनचाँदी ब्यवसायी निरज सरार्फले नेपाल समाचारपत्रलाई बताए ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएको पाइएको छ । नेपाली बजारमा अहिलेको भाउ अनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ ।

समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले तस्करी गरेको सुनको यो परिमाण १०–१२ वर्षदेखिको हो । एसएसपी लामाले भने, ‘उनको बयान लिने क्रम सुरु भएको छ ।बयानकै क्रममा उनले पटकपटक गरी अहिलेसम्म ६ क्विन्टल सुन तस्कर गरेको स्विकार गरेका छन् । विगत १०–१२ वर्षदेखि उनी सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।’ अहिले सम्म ६ क्विन्टल सुन तस्करीमा वीरगन्जका सोनार र माडवाडीहरुले सघाएको दारुकाले बताएको भनेपछि कतिपय वीरगन्जका ब्यवसायी फरार रहेको रहेका श्रोतले बताएको छ ।

दारुकाले वीरगन्जका केही ब्यवसायी खासगरी सोनार र माडवारीहरुको नाउँ पोलेको खबर सार्वजनिक भएपछि झनै बढी हल्लीखल्ली भएको छ ।