विमान दुर्घटना हुँदा ३ जना यात्रुसहित चालकदलका सदस्यको ज्यान गयो

0
Shares

एजेन्सी, भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो ।

दुर्घटनामा तीन जना यात्रु, विमानचालक र बाटोमा हिँडिरहेका एक व्यक्तिको मृत्यु भएको हो । विमानमा सवार यात्रुको वास्तविक संख्या भने पत्ता लउन सकिएको छैन । बाह्र सीट भएको उक्त विमान घाटकोपर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मुम्बईमा अवतरण गर्न लाग्दा विमान दुर्घटनामा परेको हो ।

दुर्घटनापछि आगो लागेको थियो तर अहिले भने आगो नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिएको छ ।