यमलाल भुसाल, बुटवल ।
पाँच नम्बर प्रदेशको सरकारले प्राकृतिक प्रकोप र विपदमा परेका नागरिकलाई राहत तथा क्षेत्री पूर्ति प्रदान गर्ने मापदण्ड तयार गरी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको बिहीबारको वैठकले स्वीकृत गरेको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत पाउने र घाईतेको सरकारी अस्पतालमा सरकारले उपचार गरि दिने छ ।
मन्त्रिपरिषदको वैठक पछि सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पशु चौपायाको मृत्यु भएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपुर्ति पाउने बताउनु भयो ।
यस्तै घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउनेछन् भने बहालमा बस्नेको क्षेत्री भएमा १० हजार पाउने छन ।
।
खाद्यान्न बाली नष्ट भएमा, १० हजार, पसल व्यवसाय नष्ट भएमा ५० हजारसम्म राहत पाउने छन् । प्राकृतिक प्रकोपबाट व्यवसायिक फर्म, प्रतिष्ठानमा क्षति पुगेमा पनि कार्य्विधिअनुसार राहत पाउने छन् ।
यस्तै मन्त्रिपरिषद वैठकले कानुन मस्यौदा तथा सुझाव आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधा प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यसरह हुने गरि निर्णय गरेको छ ।
यस्तै प्रदेश सरकारका मुख्यसचिव शंकर पाठकले गरेको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकार स्थापना दिवस (फागुन ३) का अवसरमा विशेष पदकबाट सम्मान गर्ने निर्णय समेत मन्त्रिपरिषद वैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो ।
सचिव पाठकले उमेर हदबन्दीका कारण बिहीबारदेखि नै अवकास पाउनु भएको छ । वैठकले मुख्य न्यायाधीवक्ताको सेवा सुविधा सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोग विधेयक स्वीकृत गरी प्रदेशसभा वैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।











प्रतिक्रिया