जनप्रतिनिधीका लागि स्थानिय तह नौलो



अनिल खत्री, गुल्मी ।
स्थानिय तह निर्वाचन भएर जनप्रतिनिधी चयन भएको एक वर्ष पुरा भएको छ । झण्डै बिस वर्ष पछी रिक्त रहेको स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएको एक वर्ष पुरा हुँदा जनप्रतिनिधीमा उत्साहसँगै नयाँ अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

गुल्मीमा गत वर्षको असार १४ गते स्थानिय तह निर्वाचन मार्फत जनताले आफनो मताधिकार मार्फत जनप्रतिनिधी चुनेका थिए । लामो अन्तरालपछी स्थानिय तह निर्वाचन हुँनुले जनतामा पनि सकरात्मक आशा उब्जाएको थियो । जनताले सिंहदरबारको अधिकार गाउँमै पाउने गरि स्थानिय तहमा जनप्रनितिधी चुनेका थिए ।

नयाँ संबिधान जारि भएसँगै भएको निर्वाचनले सिंहदरबार र जिल्ला तहमा केन्द्रित अधिकार पनि हाल गाउँ वडा तहमा जनताले पाउन थालेका पनि छन् । जनताले धेरै बिकासका आशाहरु राखेर जनप्रतिनिधी चुनेको एक वर्ष पुरा भएको छ ।

जिल्लामा रहेका २ नगपालिका र १० गाउँपालिकामा चुनिएका जनप्रतिनिधीले सुरुवाती चरण भएकाले सोचे अनुरुप कामहरु गर्न नसकिएको बताएका छन् । स्थानिय तहमा कार्यालय स्थापना देखि कर्मचारी अभावले पहिलो वर्ष सकिएको जनप्रतिनिधीहरुको भनाई छ ।
जिल्लाको सदरमुमाम तम्घासमा रहेको रेसुङ्ग नगर प्रमुख डिल्लीराज भुसालले एक वर्षको अबधीमा वडा कार्यालय स्थापना गर्नु नै मुख्य चुनौति रहेको बताए । उनले एक वर्षको अबधीमा नगरपालिकामा स्रोत साधन देखि कर्मचारी अभावले काम गर्न निकै चुनौती रहेको बताए ।

निर्वाचित भएको एक वर्षमा नगर भित्र धेरै कामहरुको थालनि गरिएको छ भुसालले भने ‘नगरपालिका केवल नाम मात्रको नगरपालिका भएकाले सुरुवाती चरणबाटै काम गर्न निकै चुनौती बन्यो ।’

जनताको लागि केहि गर्न सकिन्छ भन्ने उदेश्यले निर्वाचित भएर आएकाले केहि बिकासका योजनाहरु सुरुवाती चरणमा लगिएको भुसालले बताए । जनताको लागि केहि गर्न सकिन्छ भन्ने उदेश्य राखेका छौ नगर प्रमुख भुसालले भने ‘जनतालाई अनुभुति दिलाउने गरि कामहरु थालनी गर्नु एक वर्षको मुख्य उपलब्धी हो ।’

सदरमुकाम केन्द्रि अधिकार वडा स्तरमा स्थापना गरेर गाउँ टोलमा सुबिधा दिनु एक वर्षको अबधीको मुख्य उपलब्धी रहेको नगर प्रमुख भुसालको भनाई छ । नगर भित्रका मोटरबाटो देखि बजारमै अस्तब्यस्त ट्राफिक व्यवस्थापन गर्दै उनले भने ‘वडा स्तरबाटै बृद्धभत्ता बितरण र असाय अशक्त्तहरुलाई घरमै लगेर बितरण गरिदै आएकाले त्यो पनि एक वर्षको मुख्य उपलब्धीका रुपमा रहेको छ ।’ नगर भित्र शिक्षामा हुनेखाने र हँुदा खानेले पढाउने बिभेदकारी प्रणाली देखिन थालेपछी आफुले चासो देखाएको बताए ।

उनले नगरभित्रका बिद्यालहरुले अंग्रेजी माध्यम भन्दै शिक्षा दिने अभियान राखेपछी आर्थिक अभावले बिद्यालय जान नसक्ने केहि बिद्यार्थी बाहिरै हुँने देखेपछी नेपाली माध्य पनि समाबेश गरेर शिक्षामा सुधार ल्याउनुमा ध्यान दिएको भुसालले बताए । नगरपालिकामा केहि बिकासका कामहरु भइरहेता पनि प्रतिपक्षले बिरोधका लागि बिरोध गर्ने परिपाटिका कारण केहि सोचे अनुरुप काम गर्न नसकिएको नगरप्रमुख भुसालले बताए ।

नगरभित्र रहेका खरका छाना बिस्थापन देखि बन्द हाटबजार सञ्चालनमा ल्याउने सोचमा रहेको भुसालले बताए । नगर भित्र कृषिको पकेट क्षेत्र रहेकाले तम्घास बजार भित्र तरकारीको लागि मुख्य क्षेत्रको रुपमा बिकास गर्न कृषिमा मुख्य योजनाहरु अघि सारिएको बताए ।
जिल्लमा रहेका २ नगरपालिका मध्ये मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले अपेक्षा गरे काम गर्न सकिन्छ भन्ने यो एक वर्षमा पाएको बताए । उनले पहिलो वर्ष स्थानिय तहको कार्यालय राख्ने देखि कार्यालयको लागि आबश्यक सामानहरु देखि सुरु भएकाले निकै कठिनाई पनि रहेको बताए ।

पहिलो वर्ष कर्मचारी प्रयाप्त मात्रमा नहुँदा काम गर्न पनि समस्या रह्यो नगरप्रमुख सापकोटाले भने ‘पहिलो वर्षमै नगरपालिकामा सबै वडाहरुमा सडक संजाल पुराएका छौं ।’

नगर भित्र १ हजार घर धुरिमा खाने पानी समेत लगिएको बताए । स–साना योजनाहरुसँगै नगर भित्र खरका छाना भएका घरहरुमा टिनका छाना दिने अभियान प्रक्रियामा रहेको बताए ।

सुरुवाती चरण भएकाले वडा कार्यालय स्थापना देखि वडा तहबाट सेवा दिनु पनि मुख्य उपलब्धी रहेको बताए । उनले निर्वाचन अघि सदरमुकाम केन्द्रित कार्यालयहरु गाउँमा ल्याएर स्थापना गर्नु पहलो वर्षको मुख्य उपलब्धीको रुपमा लिन सकिने बताए ।

उनले पाँच वर्ष भित्र जनतालाई उल्लेखीत प्रतिबद्धता एक एक गरेर पुरा गर्ने बताए । नगर भित्र अरु ठुला दिर्घकालिन प्रभाव राख्ने योजनाहरु प्रक्रियागत रहेकाले नगर भित्र उलेख्य काम हुँने बताए ।

यो पहिलो वर्ष नगरभित्र घरघरमा करेसा बारि अभियान पुर्याउने लक्ष्य राखेपनि कृषि प्राबिधिक कर्मचारी अभावले काम गर्न नसक्दा खल्लो महसुस भएको सापकोटाले बताए ।

गुल्मी जिल्लाको गाउँपालिका मध्ये धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले काम गर्ने इच्छा शक्ति र सहि योजना लिए धेरै काम गर्न सकिने एक वर्षको अबधीमा पाएको बताए । वर्षको अबधीमा ८० प्रतिशत कामहरु भएको छ गाउँपालिका प्रमुख पोखरेलले भने ‘सुरुवाती चरण भएकाले केहि कर्मचारी अभाव, अनुभवको अभाव हुँदा हुँदैपनि अपेक्षा अनुसार काम गर्न सकिएकाले उर्जा मिलेको छ ।’ मुख्य गरि सहि योजना,सहि निती भए धेरै काम गर्न सकिन्छ भन्ने आत्मा बल आएको छ प्रमुख पोखरेलले भने ‘पहिलो वर्ष अनुभव पनि कम हुँदा केहि चुनौतिहरु पनि रहे ।’

एक वर्षको अबधीमा खरका छाना बिस्थापन गरेर टिनका छाना लगाउने अभियान सफल बनाउन नपाउँदा भने खल्लो महसुस भएको पोखरेलले बताए । गाउँपालिकामा धेरै कामहरु सुरुवाती चरणमा भएकाले एक वर्षमा केहि पुरा भएपनि चरणबद्धरुपमा रहेकाले पुरा हुँदै जाने बताए ।

गाउँपालिका प्रमुख पोखरेलले केहि कानुनी जटिलता पनि निर्माण गर्दै जानुपर्ने भएकाले बिकसको गति सुस्त गतिमा अगाडी वढनु स्वाभाबिक रहेको बताए । गाउँपालिका भएका कम स्रोत साधनबाट पनि धेरै काम गर्न सकिएकोमा मुख्य उपलब्धीको रुपमा रहेको पोखरेलको भनाई छ ।

भौतिक पूर्वाधार अभाव भएपनि मुख्य गरि काम गर्ने इच्छा शक्ति मनमा राखे धेरै काम गर्न सकिने रहेछ भन्ने एक वर्षको अबधीमा पाएका छौ गाउँपालिका प्रमुख पोखरेलले भने ‘सोचे अनुरुप काम भएकाले उपलब्धी मुलक तरिकाले पहिलो वर्ष बितेको छ ।’
चन्द्रकोट गाउँपालिका प्रमुख दोर्ण खत्रीले जनप्रतिनिधी निर्वाचित भएपनि अनुभव कम भएकाले क्षमत अभिबृद्धिको कमि रहेको बताए । हिजाको गाबिसमा निर्वाचित भएर काम गरे जस्तो भन्दा पनि फरक रहेकाले केहि हाम्रा लागि स्थानिय तह नौलो र चुनौतिपूर्ण अबस्थाबाट एक वर्ष पुरा भएको खत्रीले बताए ।

उनले जनताले आधारभुत समस्याहरु राखेकाले त्यस्ता समस्याहरु एक वर्षमा केहि पुरा गरिएको बताए । गरिएका प्रतिबिद्धताहरु पाँच वर्षका थिए गाउँपालिका प्रमुख खत्रीले भने ‘पाँच वर्षका बाचा एक वर्षमा सबै पुरा हुँदैनन् बिस्तारै परिर्वतन हुँदै जान्छ ।’

धेरै अधिकार जनताका नजिक छन् उनले भने ‘कानुन बनाउँदै काम गर्नु पर्ने र पहिलो वर्ष सबैकाम सुरुवाती अबस्थाबाट गर्दै आएकाले सोचे अनुसार अरु बिकास निर्माणका कामहरु पुरा हुन नसकेको बताए ।’ समग्रमा एक वर्षमा गरिएका कामले आशा र उत्साह जगाएको छ गाउँपालिका प्रमुख खत्रीले भने ‘पर्वितन गर्न खोजेका छौ बिस्तारै परिर्वतन हुँदै जानेछ ।’

कालिगण्डकी गाउँपालिका प्रमुख बेद मगरका अनुुसार निर्वाचित एक वर्षमा अपेक्षाकृत काम गर्न सकिएको बताए । उनले गाउँपालिका भित्र मोटरबाटो,खानेपानीसँगै अरु साना ठूला बिकास निर्माणका कामहरु केहि पुरा र केहि सुरुवाती चरणमा लैजान सफल भएको बताए ।

जनताको लागि केहि गर्न सकिन्छ भनेर जनप्रतिनिधीको रुपमा निर्वाचित भएर आएका हौं गाउँपालिका प्रमुख मगरले भने ‘पाँच वर्षमा बोलेका सबै बाचा पुरा हुँदै जान्छन् ।’ पहिलो वर्ष नौलो, अनुभव कम,कानुन निर्माण जस्ता समस्याले केहि चुनौतिहरु पनि रहेको बताए ।

निति नियम बनाएर काम गर्दै जानुपर्ने अबस्था पनि सँगैसँगै रहेकाले बिकास निर्माणका कामहरु केहि काम भएको हुन सक्ने गाउँपालिका प्रमुख मगरले बताए । यो पहिलो वर्ष उत्साहले बितेको छ उनले भने ‘अर्को वर्ष धेरै कामहरु हुनेछन् त्यसको लागि कामका चरणबद्ध योजनाहरु बनाएर अगाडी बढेका छौं ।’

पहिलो वर्ष अनुभव कम भएकाले केहि सुस्त गतिमा काम हुनु स्वाभाबिक रहेकाले जनताले आशातित कामहरु हुन नसकेको पनि बताए । काम गर्ने अठोट लिएर मैदानमा उत्रिएकाले पहिलो वर्ष उत्साह र थप आत्मा बलसँगै उर्जा मिलेको बताए ।

त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले निर्वाचित एक वर्ष सोचे अनुरुप बितेको बताए । जनताका आधारभुत समस्याहरु शिक्षा, स्वास्थ्य, खोनपानी, मोटरबाटो जस्ता प्रत्यक्ष प्रभाव पार्ने कामहरु केहि पुरा भएको र केहि सुरुवाती चरणमा रहेकाले एक वर्षमा सोचे अनुसार काम गर्न सफल भएको बताए ।

शैक्षिक सुधार देखि खरका छाना बिस्थापन,निशुल्क शिक्षा,सबै वडा स्तरमा मोटरबाटो पुर्याउनु मुख्य उपलब्धी रहेको बिष्टले बताए । एक वर्ष पश्चात गर्नुपर्ने गरि काम गर्न नसकिएको पटक्कै छैन् गाउँपालिका प्रमुख बिष्टले भने ‘पाँच वर्षमा सोचे अनुसार काम गर्न सकिन्छ भन्ने पहिलो वर्षले उर्जा दिएको छ ।’

मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाका अनुसार गरिएका प्रतिबद्धता अनुसार कामहरु गर्न सफल भएको बताए । गाउँमा जनताले स–साना योजनाहरु माग गरेकाले कामहरु पुरा हुँदै गएको बताए ।

गर्नुपर्ने कामहरु धेरै छन् गाउँपालिका प्रमुख थापाले भने ‘एक वर्षमा आशातित कामहरु भएका छन् त्यसले आगामी दिनहरुलाई उर्जा दिलाएको छ ।’ कर्मचारी अभाव हुँदा हुँदै पनि पहिलो वर्षमा भएका कामहरु सोचे अनुसार गर्न सकिएको थापाले बताए ।

उनले गाउँपालिकामा गरिएका धेरै कामले काम गर्ने इच्छा शक्ति भए धेरै गर्न सकिन्छ भन्ने पहिलो वर्षले उर्जा दिलाएको बताए । पहिलो वर्षमा गरिएका कामले आगामी वर्षको लागि थप उर्जा दिाएको थापाको भनाई छ ।

जिल्ला भर रहेका अरु गाउँपालिकाहरुका प्रमुखहरुको पनि समग्र एउटै भनाई सुरुवाती चरण भएकाले काम पनि सुरुवाती चरणमा रहेको बताए । अरु बिभिन्न गाउँपालिका प्रमुखहरुले पहिलो वर्षमा गरिएका कामले जनतामा आशा र जनप्रतिधिीहरुमा उर्जा दिलाएको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्