नेपाल समाचारपत्र, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आज पत्रकार सम्मेलन मार्फत दुई महिनाको प्रगति सार्वजनिक गर्ने भएका छन । बिहिबार दिउँसो २ बजे प्रहरी मुख्यालय कठमाडौँमा खनालले पत्रकार सम्मेलनको आयोजना गरेका छन ।
पत्रकार सम्मेलनमा २ महिनाको प्रगति विवरण सार्वजनिक गर्ने र पत्रकारको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको आइजीको सचिवालयले जानकारी दिएको छ । डिआइजी रहँदासम्म मिडिया मैत्री भनेर परिचित खनाल आइजी भएपछि मिडियामा प्रस्तुत हुनै नचाहेको भन्ने सम्मेको आलोचना भएको थियो ।
यद्यपी यो बीचमा खनालले सञ्चार माध्यममा धेरै नबोले पनि प्रहरी संगठनभित्रको सरुवा र बढुवाको जाम खुलाएका छन । बढुका विषयमा आलोचना हुँदा समेत केही प्रतिक्रिया नजनाएका खनालले आज भने यो विषयमा पनि बोल्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया