नेपाल समाचारपत्र, काठमाडौं ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘राष्ट्रिय सभा निर्वाचन विधेयक, २०७५’ प्रस्तुत गरिँदैछ । गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सभा निर्वाचन माघ २४ गते भएको थियो । संसदबाट विधेयक पास नभएपछि अध्यादेशमार्फत निर्वाचन गरिएको थियो ।
निर्वाचन प्रक्रियामा विवाद भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएको केही समयपछि मात्र राष्ट्रिय सभा निर्वाचन भएको थियो । संसद्मा कानुन, न्याया तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्वन्धी विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नुहुने छ ।
संसद्मा आज विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शिर्षकहरुमथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।











प्रतिक्रिया