नेपाल समाचारपत्र, मुगु ।
एक महिनाको कमाईले घरको खर्च टार्न मुगुका उच्च हिमालि क्षेत्रमा एक महिना अघि यार्चा संकलन पछि फर फर्किन थालेका छन् । जेष्ठ ५ गतेदेखि यार्चा संकलनकालागि पाटन क्षेत्र खुल्ला गरिएको थियो ।
यार्चा संकलनको पूर्जि एक महिना सकिए पछि यार्चा संकलक पाटन क्षेत्रबाट धमाधम घर फर्किन थालेका छन् । मुगुम कार्मारोग गाउँपालिकाले जेष्ठ १ गतेबा५ गतेसम्म यार्चा संकलनको पूर्जि काटी ६५ लाख सम्म राजश्व संकलन गरेको थियो ।
गत बर्ष भन्दा यो बर्ष पाटन क्षेत्रमा बिना इजाजत कोही प्रबेश नभएकोले यार्चा चोरी कम भई यार्चा संकलकले राम्रो कमाई गरेको कुरा मुगुम कार्मारोग गाउँपालिकको अध्यक्ष छिरिगं क्याप्ने लामा बताउँ छन् । बिगतमा र्याचा क्षेत्रमा धेरै काटमारका घटना हुन्थे तर यो बर्ष १ जनाको ज्यान बाहेक कसैको ज्यान गएन यार्चा संकलक यस बर्ष गाउँपालिकाले गरेको काम देखि निकै खुशि भएर फर्किएको पनि अभ्यक्ष लामा बताउँ छन् ।
यो बर्ष पाटन क्षेत्रमा १ वटा यार्चाको ६ सय सम्म परेको आफनो कमाई १ महिनाको अबधिमा १ लाख सम्म भएको कुरा सोरु गाउँपालिका वडा नं. ०९ का गोरखनाथ योगी बताउँ छन् । यार्चा संकलक र ब्यापारी पनि पाटन क्षेत्रबाट फर्किन थाले पछि स्थानिय बजार र सदरमुकाममा ब्यापार पनि बढेको घरयासि सामान यार्चा संकलकले आम्दानी बढेको भन्दै धेरै दैनिक अपभोग्य र लत्ताकपडाको बिक्रि बढिभई ब्यापारीको आम्दानी समेत बढेको हरिमून स्टोरका प्रोपराईटर हरीमून भण्डारी बताउँ छन् ।
१ महिनाकोे यार्चाको पूर्जि सकिए पछि र पाटन क्षेत्रमा यार्चा पाउँन छाडेपछि जिल्ला भित्रका र बाहिरी जिल्ला जाजरकोट ,जुम्ला ,बाजुरा ,हुम्ला, रोल्पा लगाएतका जिल्लाबाट आएका यार्चा संकलक धमाधम घर फर्किनेको संख्याले बाटोमा ताति नै लाग्ने गरेको छ ।











प्रतिक्रिया