गंगा बराल, काठमाडौं ।
प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारीले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
बिहीबारको बैठकको सुरुमै सांसद् अधिकारीले देशभर निर्माणाधीन अवस्थामा रहेका चालु आर्थिक वर्ष ०७५÷०७६ सम्म सरकारको छनौटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाई र अन्य आयोजनाहरु सम्पन्न गरी सम्वन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताउनुभयो । अधिकारीले धेरै आयोजनाहरु अलपत्र भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रस्तावको समर्थन गर्दै नेकपा सांसद् विशाल भट्टराइले समयमा काम नगर्ने ठेकेदार र उपभोक्ता समितिलाई कारवाही गर्नुपर्ने बताउनुभयो । गलत काम गर्नेलाई सरकारले कडाई नगरे सरकारले चाहेजस्तो विकास र समृद्धिको नारा पूरा गर्न नसकिने भट्टराइले जनाउनुभयो । प्रस्तावको नेकपा सांसद् ध्रुवकुमार शाहीले पनि समर्थन गर्नुभएको थियो । संसद्मा यसबारे छलफल सुरु भएको छ ।











प्रतिक्रिया