निकी हेली भारतमा

0
Shares

नयाँदिली (एजेन्सी)
संयुक्त राष्ट्र संघका लागि अमेरिकी दुत निकी हेली ३ दिवशिय भारत भ्रमणमा आएकी छिन् । निकी हेली अमेरिकी प्रशासनमा अहिले सम्मकै सर्वोच्च पदमा पुगेकी भारतिय मुलकी ब्यक्ती हुन् । निकी हेली अमेरिकी सिख परिवारका हुन् । उनीहरु भारतको अम्बालाबाट अमेरिका पुगेका थिए ।

४६ बर्षिय निकी हेलीको भारत भ्रमणको एजेन्डाका विषयमा धेरै जानकारी दिइएको छैन । तर उनले सरकारका वरिष्ठ अधिकारीहरसँग भेटवार्ता गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने अनुमान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले हेलीको भारत भ्रमणको उद्देस्य र एजेन्डाका बारेमा विस्तृत जानकारी दिएको छैन ।