म्यान्मार: मुद्धाको माग

0
Shares

याँगुन,(एजेन्सी)
एमेनेष्टि इन्टरनसेसनलले बुधवार अल्पमत मुश्लिम समुदाय रोहिँग्या माथि श्रंखलावद्ध आक्रमण गराए वापत म्यान्मारका उच्च पदस्थ सैनिक अधिकारीहरु माथि आपराधिक मुद्धा चलाइनु पर्ने जनाएको छ । मानव अधिकारवादी समुहले सेनाले गाउँलेहरुलाई प्रायोजित ढंगले आक्रमण गर्दै यातना दिनुका साथै हत्या र वलात्कार गरेको आरोप लगाएका छन् । साथ ैसेनाको सुनियोजित र प्रायोजित आक्रमणको कारण गत वर्ष झण्डै सात लाख रोहिँग्या देश छोडेर भाग्न बाध्य भएक थिए । तिनीहरु मध्ये अधिकांशले छिमेकी मुलुक बंगलादेशमा शरण लिएका थिए ।