भारत: केटीको पक्षमा फैसला

0
Shares

पटना (एजेन्सी)
एक न्यायधिषले घरमा नजरबन्द राखिएका उनकी छोरीलाई पटनाको उच्च अदालतले केटीको पक्षमा फैसला दिँदै स्वतन्त्र गरेको छ । आफनी छोरीको प्रेम प्रसंगलाई लिएर असन्तुष्ट रहेका जिला न्यायधिषले उनलाई नजरबन्दमा राखेको थियो । उच्च अदालतले यस मामिलामा फैसला सुनाउँदै पिडित युवतीका आमाबुबाबाट अलग १५ दिनसम्म पटना स्थित चाणक्य कानुन विश्वविद्यालयमा रहन दिनका लागि एक कोठाको ब्यवस्था गर्न आदेश दिएको छ । उसँगै एक महिला कन्स्टेबललाई २४ घण्टा सुरक्षा दिन र उसका प्रेमीसँग भेट्ने अनुमति पनि दिएको छ ।