नेपाल समाचारपत्र, काठमाडौँ ।
सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो ।
उनीहरुले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँगको विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अप्रिय शब्दहरुको प्रयोग गरी कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।
साथै उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा क्षती पुग्ने र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा अनावश्यक स्टाटसहरु लेखेका थिए । त्यसै आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।











प्रतिक्रिया