प्रदेश ५ का कांग्रेस सांसदले गरे संसद बैठक बहिस्कार

0
Shares

यामलाल भुषाल, बुटवल ।
बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर पाँचको बैठक बहिस्कार गरेको छ ।

यसअघि १ बजे बस्दै आएको बैठक बुधबार १२ बजे नै शुरु भएको छ । प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।

बुधबारको बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद बैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाइएको छ ।

उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले वजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप लगाए ।