सन्तान माथि मुद्धा

0
Shares

न्युयोर्क,(एजेन्सी)
अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनले आफ्नो आर्थिक कारोवार हिनामिना गरेको भन्दै आफ्ना बालबालिका माथि क्षतिपुर्तिको माग गरेका छन् । उनले आफ्ना दुईजना सन्तान र पुर्व म्यानेजरले आफ्नो पैसा चोर्नुका साथै आफ्नो लोकप्रियताको पनि बेइज्जत गरेको आरोप लगाएका छन् । उनले सन्तान र म्यानेजर विरुद्ध दायर गरेको मुद्धामा तिनीहरुले आफुलाई विवाह गर्न पनि रोकेको दावी गरेका छन् । एल्ड्रिनका सन्तानले अदालत समक्ष उनको आर्थिक मामिलामाथि नियन्त्रण गर्न पाउँ भन्दै याचिकापत्र दायर गरेपछि उनले यो कदम चालेको बताइएको छ ।