आफ्नै कोठामा मृत फेला परिन एक महिला

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, सल्लेमा एक महिला मृत फेला परेकी छन् । घरको आफ्नै कोठामा ४५ बर्षिया आइती बुढाको शव मंगलबार फेला परेको हो ।

बाहिरबाट ताला लाएको अवस्थामा बुढाको शव भेटिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । केही दिनदेखि कोठामा ताला लागेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताएका छन् ।

शव गन्हाउने अवस्थामा भेटिएकाले घटना पुरानो हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको बाँया निधारमा गहिरो चोट लागेको छ । घटना रहस्यमय देखिएकाले आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।