भूमिज कलेक्सनको शाखा कुपन्डोलमा

0
Shares

काठमाडौं, (नेस)
भूमिज कलेक्सन एन्ड बुटिकले कुपन्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । नया“सडकबाट महिला पहिरनका उत्पादनको बजारीकरण गरिरहेको भूमिजले कुपण्डोलमा पनि शाखा बिस्तार गरेको हो ।

नायिका सञ्चिता लुइ“टेल तथा ओशो तपोवनका सञ्चालक स्वामी आनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने छन् ।

फेसन डिजाइनिङ पेशामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुक्त रुपमा नया“ सडकमा ३ वर्ष पहिले बुटिक सञ्चालनमा ल्याएका थिए ।

सुपथ मूल्यमा सहज तरिकाले उपलब्ध गराएका कारण बजार बिस्तार सहज बनेको कलेक्सनकी सञ्चालक ममता गुप्ताको भनाइ छ ।

‘जे देखियो, त्यही पाइयो भन्ने नया“ प्रयोगका कारण पनि बुटिकको व्यापार तिब्र रुपमा बिस्तार भैरहेको छ । सेवाग्राहीलाई बुटिकले भिडियो कलबाट पहिरनको डिजाइन, नाप तथा अन्य विवरण लिएर सेवाग्राहीको घरमा सामान पु¥याउने गरेकोे छ ।

कलेक्सनका अर्का सञ्चालक मञ्जु खरेलका अनुसार भूमिजको फेसबुक पेज, युट्युब च्यानल तथा आफ्नै वेबसाइट भूमिज अनलाइन डटकमबाट सिधै डिजाइन छनोट गरी खरिद गरिने उत्पादन सिधै स्वदेश तथा विदेशमा रहेका ग्राहकले कुरियरमार्फत पाउने छन् ।