रियल स्कूल अफ नेपालको धनगढी अडिसन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत पा“चौ क्षेत्रीय फाइनल सुदूरपश्चिमाञ्चलको धनगढीमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय पञ्चोदया सेकेण्डरी स्कूल घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थीहरु प्रविन चन्द, शैलजा जोशी, सुशील बिके, नीरुता कुदमल, आरती कठारिया र युवराज थापा हुन् ।

विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीस“ग प्रतिस्पर्धा गर्नेछन् ।